नेभिगेशन
समाज चित्र

दिवा खाजा कार्यक्रमको बजेट सुनिश्चित गर्न सरकारसँग सिजपको माग

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सरकारले सञ्चालन गरेको ‘दिवा खाजा कार्यक्रम’ कक्षा ६ सम्म विस्तार गर्न सरकारलाई बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले माग गरेको छ ।

आज विज्ञप्तिमार्फत कक्षा ६ मा अध्ययनरत सामुदायिक विद्यालयका चार लाख ३४ हजार विद्यार्थीलाई दिवा खाजा कार्यक्रमको लागि बजेट सुनिश्चित गरिदिन सिजपले सरकारसँग अनुरोध गरेको हो ।  

आव २०७९/८० देखि दिवा खाजा कार्यक्रमको लागि अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराउँदा कक्षा ६ मा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थी दिवा खाजा कार्यक्रमबाट बञ्चित भएका छन् । त्यसैले पुनः दिवा खाजा कार्यक्रम

सञ्चालन गरी वञ्चित बालबालिकाको पोषणको सुनिश्चितताका साथै बालबालिकाको सिकाइलाई अप्ठ्यारो सृजना हुनबाट जोगाउन चाँडै बजेट विनियोजनका लागि नेपाल सरकार, अर्थ मन्त्रालयसँग सिजपले माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।