नेभिगेशन
सुदूरपश्चिम

 डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु १९ जना घाइते

 डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ घोरडी स्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा १८ वर्षीय सालिन राना मास्केमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि धनगढी पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २४/२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका-१ घोरडी देखि खटेना जाँदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...