नेभिगेशन
सुदूरपश्चिम

बझाङको जयपृथ्वी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट

जयपृथ्वी अस्पताल प्रा. लि. चैनपुरको फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मी (फार्मासिष्ट ) माथि  कुटपिट भएको छ ।

डाक्टरको सल्लाह विना औषधी दिन माग गरेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा फार्मासिष्ट मदन खड्का माथि अभद्र व्यवहारसँगै कुटपिट भएको हो ।

कुटपिटबाट स्वास्थ्यकर्मी खड्काको कानमा चोट लागेको छ । दशैंको बिदाको दिनमा पनि नागरिकको स्वास्थ्य उपचारका लागि ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै जयपृथ्वी अस्पतालले प्रेस विज्ञप्तीसमेत जारी गरेको छ  । 

'जयपृथ्वी नगरपालिका - १० चैनपुर बस्ने सुदिप सुनार लगायत व्यक्तिले अस्पताल फार्मेसीभित्र प्रवेश गरि प्रिगावलिन, ट्रामाडोल र कफट्याव डि भन्ने औषधिको नाम उच्चारण गरि माग्न खोज्दा अस्पतालको फार्मासिष्ट खड्काले उक्त उच्चारण गरिएका औषधि चिकित्सको प्रिस्क्रिप्सन बिना बिक्रि वितरण गर्न नमिल्ले बताएपछि खड्कालाई अपशब्दले गाली बेइज्जती गरि कुटपिट भएको छ ।' अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

bigayapti1698154506.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...