नेभिगेशन
सुदूरपश्चिम

पूर्ण चन्द्रोदय मावि थलारा -९ का विद्यार्थीहरुमा काप्ने, बेहोस हुने समस्या, विद्यालय बन्द

पूर्ण चन्द्रोदय मावि थलारा -९ कुलाकाट्नेमा विद्यार्थीहरुमा बेहोस हुने, काम्ने र ढल्ने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ ।

सोमबारदेखि कक्षा ५ देखि कक्षा १० सम्मका छात्रछात्रा दुबैमा काप्ने, बेहोस हुने र ढल्ने समस्या देखिएको हो । विद्यार्थीहरुमा काप्ने, बेहोस हुने र ढल्ने समस्या देखिएपछि विद्यालय आगामी आइतबारसम्मका लागि बन्द गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाका अनुसार विद्यार्थीहरुमा देखिएको समस्याबारे थलारा गाउँपालिकामा जानकारी गराउँदा केही दिन विद्यालय बन्द गर्न भनेकाले विद्यालय आइतबारसम्मका बन्द गरिएको हो ।

अन्य विद्यालयमा छात्राहरुमा मात्रै यो समस्या देखिए पनि यहाँ छात्रहरुमा पनि यो समस्या देखिएको प्रधानाध्यापक थापाले बताउनुभयो ।

उहाँले विद्यार्थीमा देखिएको यो समस्या हटाउन जिल्ला स्वास्थ्य कार्यालय बझाङलाई पहल गरिदिन पनि आग्रह गर्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत ८ वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । हाल उनी अन्नपूर्ण पोष्ट दैनिकका बझाङ संवाददाता पनि हुन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...