नेभिगेशन
खेल

सुर्मा समाज सुधार यूथ क्लबले विजया दशमीको अवसरमा क्रिकेट प्रतियोगिता गर्दै

बझाङ : सुर्मा समाज सुधार यूथ क्लबले खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । हिन्दुहरूको महान् चाड विजया दशमीको अवसर पारेर क्रिकेट प्रतियोगिता लगायत अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको क्लबका अध्यक्ष युवराज सुर्मेलीले बताए ।

सुर्मा समाज सुधार यूथ क्लबले सोमबार निकालेको सूचनामा यही असोज १८ गतेबाट क्रिकेट पतियोगीता, पुरुष महिला दोहोरी र देउडा प्रतियोगिता सञ्चालन गरिने भएकाले इच्छुक खेलाडीहरूलाई सहभागी हुन अनुरोध गरिएको छ ।

आयोजित क्रिकेट प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १० हजार ४ सय ४४, दित्तिय पुरस्कार रु. ५० हजार ४ सय ४४ रहेको छ । टिम दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको छ । खेलमा विजेता टिमलाई प्रमाणपत्र, मेडल तथा ट्रफी वितरण गरिने र म्यान अफ द म्याच, म्यान अफ द सिरिजको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यस्तै दोहोरी र देउडा प्रतियोगितामा भने उचित सम्मान गरिने छ । खेलमा सहभागी हुन इच्छुक टिमले असोज १७ गते भित्र दर्ता गरिसक्नुपर्ने कार्यक्रम सुर्मा गाउँपालिका ४ जयपुर दैपांडी गडामा १८ गते उद्घाटन गरिने पनि आयोजक सुर्मा समाज सुधार यूथ क्लबले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप खेल
नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

 नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ।
क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।