नेभिगेशन
समाज चित्र

तीज मान्न हिँड्नेहरुलाई छाता बोक्न आग्रह दिउँसोपख पानी पर्न सक्ने

अहिले देशभरको मौसम सफा छ । तर बिस्तारै बादल लाग्ने र बदली हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाण्डौ उपत्यकासहित थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

आज तीज तथा विश्वकर्मा पुजा भएकाले मन्दिर पुग्ने र नाचगान गर्न भेला हुनेहरुलाई छाता तथा ओत बोक्न पनि मौसमविद्को सुझाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

साथै नेपालमा राजस्थानको दक्षिण पूर्वी भाग र मध्य प्रदेशको पश्चिमी भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।