नेभिगेशन
खेल

विश्वकपका लागि भारत र दक्षिण अफ्रिकाको प्रारम्भिक टोली घोषणा

भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि भारत र दक्षिण अफ्रिकाले आफ्ना प्रारम्भिक टोली घोषणा गरेका छन् । 

भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआइले रोहित शर्माले कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । 

भारतीय टोलीमा रोहित शर्मा (कप्तान), विराट कोहली, ईशान किशन, शुभमन गिल, केएल राहुल, श्रेयर ऐर, सूर्यकुमार यादव, हार्दिक पान्ड्या (उपकप्तान),रविन्द्र जडेजा, कुलदिप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराजछन्।

दक्षिण अफ्रिकाले पनि आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ। दक्षिण अफ्रिकाले घोषणा गरेको १५ सदस्यीय टोलीमा टेम्बा बमुभा (कप्तान), जेराल्ड कोएट्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को यानसन, हेनरिक क्लासेन, सिसान्डा मंगाला रहेका छन्। 

यस्तै अन्य खेलाडीमा केशव महाराज, एडेन माक्ररम, डेभिड मिलर, लुंगी एनगिडी, एनरिच नोर्त्जे, कागिसो रबाडा, तबरेज शम्सी, रासी भान डेर डुसेन छन्। दक्षिण अफ्रिकाले श्रीलंकासँग खेल्दै विश्वकप शुरु गर्नेछ।  विश्वकप आगामी ५ अक्टोबरदेखि १९ नोभेम्बरसम्म भारतमा हुँदैछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप खेल
नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

 नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ।
क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।