नेभिगेशन
सुदूरपश्चिम

बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

नेपाल टेलिकमको फाइबर ब्रेक हुँदा आज दिउँसोदेखि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा र फोन सेवा अवरुद्ध भएको छ ।

आज दिउँसो बित्थडचिर गाउँपालिकाको देउलेख बजारदेखि चैनपुरसम्मको फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवामा समस्या आएको हो ।

फाइबर ब्रेक हुँदा बझाङको चैनपुर आसपासका ठाउँमा फोन गर्दा आवाज नसुनिने, काटिने र इन्टरनेट सेवा नचल्ने समस्या देखिएको छ ।

नेपाल टेलिकम जिल्ला शाखा बझाङ प्रमुख बमबहादुर सिंहका अनुसार जिल्ला बाहिरबाट फाइबर जोड्ने प्राविधिक बोलाउनुपर्ने भएकाले सुचारु गर्न अझैं केही दिन लाग्ने भएको छ । अहिले रेडियो सिस्टमबाट फोन सेवा चलिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

एक समय थियो जब मानिसहरूलाई स्मार्टफोन थाहा थिएन र फिचर फोनमा पूरै दिन बिताउने गर्थे ।
भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् ।
अब मोबाइल चोरी हुँदा वा हराउँदा प्रहरी कार्यालय धाउनु नपर्ने

अब मोबाइल चोरी हुँदा वा हराउँदा प्रहरी कार्यालय धाउनु नपर्ने

अब मोबाइल चोरी हुँदा वा हराउँदा प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ ।
लामो समयसम्म कसरी टिकाउने स्मार्टफोन ?

लामो समयसम्म कसरी टिकाउने स्मार्टफोन ?

स्मार्टफोनहरूमा केही ट्रिक्स अपनाउँदा ब्याट्री लामो समयसम्म टिकाउन सकिन्छ ।