नेभिगेशन
खेल

लगातार दोस्रो जित दर्ता गर्ने दाउमा नेपाल, आज बहराइनसँग खेल्दै

नेपालले आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज शुक्रबार बहराइनसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ। पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ। 

उता पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन लगातार दोस्रो जितको खोजिमा छ। तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ। नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ।

प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाएनल खेल रहेको छ। प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्।

समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।

नेपालको टोलीमा रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल रहेका छन‍् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप खेल
नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

 नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ।
क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।