नेभिगेशन
सुदूरपश्चिम

गौरा पर्बको अबसरमा धुली माबी धुलीद्धारा जनचेतना मुलक सडक नाटक प्रदर्शन

गौरा पर्बको अबसरमा जनचेतना मुलक सडक नाटक प्रदर्शन गरीएको छ । साइपाल गाउपालिका वडा नम्बर ४ मा रहेको धुली माबी धुलीले गौरा पर्बको अबसर पारी छाउपडि प्रथा बिरुद्ध सडक नाटक प्रदर्शन गरीएको हो । साइपाल गाउपालिकामा छाउपडि प्रथा अझै पनि कायमै रहेकाले यस्ता प्रथालाइ हटाउनुपर्ने भन्दै भुलि माबीका शिक्षक बिद्यार्थीहरुको सहभागीतामा टोलटोलमा बिभिन्न नारा बोकेर जनचेतना मुलक कार्यक्रम गरीएको हो ।

छाउपडि प्रथाको बिरोध गराै, सभ्य समाजको निर्माण गरौँ भन्ने मुल नाराका साथ टोलमा पुगेर साइपाल लाली गुरास बालबिकास केन्द्र धुलीको खुल्ला मञ्चमा नाटक प्रर्दशन गरीएको धुलि माबीका सहायक प्रध्यानाध्यापक धन बहादुर बिष्ट भोटेले बताउनुभयो ।

बालक्लबका अध्यक्ष बिक्रम रोकायाले सञ्चालन गर्नुभएको कार्यक्रममा, बालक्लब, जुनियर रेडक्रस सर्कल ,स्काउटका बिद्यार्थीहरु सँगै शिक्षकहरुको सहभागीतामा रहेको थियो । पालिकामा छाउगोठ भत्काउने अभियान चलाइएको भएपनि छाउपडि प्रथा हट्रन नसकेकाले गोठ भन्दा पनि मनगोठ भत्कायर छाउपाडि प्रथा अन्त्य गर्न जरुरी रहेकाले यस सडक नाटकले धेरै टेवा पुग्ने प्रअ भोटेले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।