नेभिगेशन
समाज चित्र

हरियो प्लेटका ट्याक्सीले हवाइ यात्रु ओसार्न पाउने

काठमाडौँ : निषेधाज्ञामा विमानस्थलमा सञ्चालित प्रि–पेड (हरियो नम्बर प्लेटका) ट्याक्सीले हवाइ यात्रुलाई ओसार्न पाउने भएका छन् ।

हवाइ यात्रुलाई आउजाउमा असहज भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मंगलबार त्यहाँ रहेको विमानस्थल हवाइ यात्रु यातायात सेवा व्यवस्था लिमिटेडलाई यो अधिकार दिएको हो । यो कम्पनीले हाल अन्तर्राष्ट्रिय विमानस्थलमा २ सय ८ वटा हरियो नम्बर प्लेट भएका ट्याक्सी सञ्चालन गर्दै आइरेको छ ।

‘हामीलाई काठमाडौं सहरभित्र घर भएका हवाइ यात्रुलाई उनीहरुको घर वा होटलसम्म पुर्‍याउन अनुमति दिइएको छ,’ कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम सिम्खडाले कान्तिपुरसँग भने,‘जाँदा यात्रुसँग हवाइ टिकट, भिषा, बोर्डिङ पास हुने भएकाले सजिलो भएको छ । तर, फर्किँदा कतिपय स्थानमा सुरक्षाकर्मीको होल्डमा हाम्रा ट्याक्सी परेका छन् । केही चालकले यात्रुको टिकट, बोर्डिङ पासको फोटो मोबाइलमा खिचेर देखाउँदै फर्किरहेका छन् । तर सहजै भइसकेको छैन ।’

यात्रुहरुले अन कलका आधार प्रिपेड ट्याक्सीको सेवा लिन पाउँछन् । यसका लागि विमानस्थलमा रहेको विमानस्थल हवाइ यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको ०१४४९९१५९ वा ०१४४७४१४ नम्बरमा फोन गर्नुपर्छ ।

काठमाडौंबाहिर भने यो कम्पनीका ट्याक्सीलाई यात्रु ओसार्न अनुमति छैन । स्वदेश फर्किएका अन्तर्राष्ट्रिय उडानका यात्रुहरुलाई सजिलै घर फर्किन कठिनाइ छ । काठमाडौं बाहिरबाट विदेश जानेहरुले स्थानीय सरकारबाट पास लिइ काठमाडौं आइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।