नेभिगेशन
खेल

इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका सवा ५ बजे बर्नमाउथ र टोटनहमबीच खेल हुनेछ ।

त्यस्तै, बेलुका पौने ८ बजे चार वटा खेल हुँदैछन् । यी खेलमा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेस, आर्सनल र फुलहम, म्यानचेस्टर युनाइटेड र नटिङ्घम फरेस्ट तथा एभर्टन र उल्भ्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, राति सवा १० बजे ब्राइटन र वेस्टह्यामबीच खेल हुनेछ ।

प्रिमियर लिगमा गएराति भएको खेलमा चेल्सीले लुटन टाउनलाई हरायो । चेल्सीसँग लुटन टाउन ३–० गोलले पराजित भयो । चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई तथा निकोलस ज्याक्सनले एक गोल गरे । यो सिजन चेल्सीको पहिलो जित हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप खेल
नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

 नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ।
क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।