नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी नगरपालिकासहित २ वडाले द‍िने सेवा एक साताका लागि बन्द

बझाङ : बझाङको सदरमुकामसमेत रहेको जयपृथ्वी नगरपालिकाका कर्मचारीमा कोरोना भाइरस देखिएपछि नगरपालिका ६ दिनका लागि बन्द गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाहीले सूचना जारी गर्दै जयपृथ्वी नगरपालिका कार्यालयबाट दिइरहेका सेवाहरू ६ दिनको लागि बन्द गरिएको बताउनुभयो । 

कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि जोखिम बढ्न सक्ने भन्दै जयपृथ्वी नगरपालिका - ९ ले समेत अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरेको छ । बिहीबारबाट २० गते सम्म सेवा बन्द गरीएको वडा अध्यक्ष बजिर बहादुर खड्काले बताए । यता वडा नम्बर १० ले समेत कार्यालय बन्द गर्ने निणर्य गरेको छ । वडा नम्बर १० ले पनि २२ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको सूचना निकालेर जानकारी गराएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...