नेभिगेशन
समाज चित्र

बझाङमा एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ८३ पुग्यो

बझाङ : बझाङमा एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार जिल्ला अस्पतालमा ५६ पुरुष र ३३ महिला गरि ९८ जना, खप्तडछान्ना गाउँपालिकामा ११ जना पुरुष र बित्थडचिर गाउँपालिकामा २० पुरुष र ५ महिला गरि २५ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएको थियो । १ सय २५ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पतालमा गरिएको परिक्षणमा १७ जना, खप्तडछान्नामा गरिएको परिक्षणमा ४ र वित्थडचिर गाउँपालिकामा गरिएको परिक्षणमा ५ जना गरि एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि भयको जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए । उनका अनुसार शंकास्पद र स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एन्टिजेन विधिबाट परिक्षण गरिएको हो । बैशाख महिना सुरु भएसँगै २ सय ५८ पुरुष र १ सय ३२ महिला गरि ३ सय ९० जनामा भएको परिक्षणमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।