नेभिगेशन
सुदूरपश्चिम

थलाराले भित्र्यायो एम्बुलेन्स !

बझाङको थलारा गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि सम्झौता गरेर सम्झौता अनुसार समयमा उपलब्ध नगराउने  ठेगदार कम्पनीलाई कारबाही गर्दै पालिकामा रहेका नागरीकहरुलाई सेवा दिने गरी एम्बुलेन्स खरीद गरेको छ । गाउँपालिकाले सम्झौता अनुसारको समयमा एम्बुलेन्स खरीद गरी समयमा उपलब्ध नगराउने डडेलधुरामा रहेको साईपाल अटो मोबाईल प्रा.लिलाई कारबाही गर्दै सम्झौता रद्ध गरेर अर्को कम्पनी अग्नी इन कर्पोरेट प्रा.लि सँग सम्झौता गरी पालिकाको पाराकाट्ने स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरीद गरेको छ । 

गाउँपालिकाले पहिले साईपाल अटो मोबाईल प्रा.लि संग १९ लाख ९१ हजारमा खरीद गर्ने सम्झाता गरेको भएपनि उक्त प्रा.लिले चरम लापरबाही गरी समयमा खरिद गरी पालिकालाई उपलब्ध नगराएपछि नियमा अनुसार कारबाही गर्दै सम्झौता भएको रकमको १० प्रतिशत जरीवाना असुल गरी कम्पनीलाई कालो सूचिमा राख्नको लागि सिफारीस गरेको छ । साथै गाउँपालिकाले उत्त कम्पनी संगको सम्झौता रद्ध गर्दै अग्नी इन कर्पोरेट प्राली काठमाडौंसँग २० लाख १० हजारमा सम्झौता गरी आज बुधबार प्रालिले एम्पुलेन्स पालिकालाई हस्तान्तरण गरेको थलरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डीतले बताउनुभयो । 

यसअघि साइपाल अटो मोबाईल प्रा.लि डडेलधुराले सम्झौता अनुसारको समयमा एम्बुलेन्स उपलब्ध गराउन नसकेको बन्दै एम्वुलेन्सका बारेमा सामाजिक सञ्जालमा चर्को आलोचना भएका थियो । आज एम्बुलेन्स पालिका पुगेपछि विरामी पर्दा पालिका भित्रका नागरीकलाई सेवा  लिन सजिलो हुने भएको छ । एम्बुलेन्समा अक्सिजन ,नेबुलाईजर , स्लाइन पानी चढाउने व्यवस्था र औषधिको  समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

गाउँपालिकामा एम्बुलेन्स नहुँदा सास्ती खेप्दै आएका सर्वसाधारण तथा स्थानिय भने अब कुनै दुर्घटना हुँदा र सिकिस्त बिरामीलाई छिटो अस्पताल लैजान सुलभ र सहज रुपमा एम्बुलेन्स सेवा पाउने खुशी व्यक्त गरेका छन् । 

एम्बुलेन्स सञ्चालनमा आएपछि समस्यामा परेका नागरिकलाई समयमै अस्पताल पुग्न सजिलो हुने र चर्को शुल्क तिरेर पनि एम्बुलेन्स नपाइने प्रवृतिको अन्त्य भइ सस्तो मुल्यमा सबैले सेवा पाउने थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर रोकायाले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...