नेभिगेशन
समाज चित्र

९ जिल्लामा सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा माथि

काठमाडाैँ : कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय सङ्क्रमित भेटिएमा निषेधाज्ञा लगाउन सिफारिस गरेको छ ।

आइतवार बसेको सीसीएमसीकाे बैठकले यस्तो निर्णय गरेसँगै काठमाण्डौ उपत्यकासहित ९ जिल्लामा निषेधाज्ञा हुन सक्ने सङ्केत देखिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय कटिसकेको  छ । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार काठमाण्डौमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय छ । त्यसपछि बाँकेमा २ हजार ३ सय ३९ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा १ हजार ३ सय १५,  रुपन्देहीमा १ हजार ३ सय १३, मोरङमा पाँच सय ६१, पर्सामा ६ सय ४३, भक्तपुर र कास्कीमा ६ सय १३ तथा दाङमा ५ सय ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सीसीएमसीले पहाडी जिल्लाहरुमा भने सक्रिय सङ्क्रमित २ सय कट्नासाथ निषेधाज्ञा लगाउन पालिकालाई अधिकार दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।