नेभिगेशन
सुदूरपश्चिम

बझाङको दुर्गाथली गाउँपालिकामा एक महिलाको नगद रकम लुटपाट

बझाङ : बझाङको दुर्गाथली गाउँपालिकामा एक महिलाको नगद रकम लुटपाट भएको छ । चौधारी मेलामा जेरि मिठाई पसल राखेर व्यापार गरिहेकि दुर्गाथली गाउँपालिका वडा नं ५ सैनकि मनकला जप्रेलकोे शुक्रबार राती सुतेको समयमा पसलबाटै करिब एक लाख बढी रकम अज्ञात समुहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

सदरमुकाम चैनपुरमा बस्दै आउनुभएकि जप्रेलले चैत्र २० गतेदेखि छविस पाथिभेरा गाउँपालिका ३ मा लागेको बान्नि चैतली मेलामा मिठाइ बेचेर दुर्गाथलीेको चौधारी मेलामा पुग्नुभएको थियो । चार पाँच दिनदेखि मेलामा रातदिन मिठाइ बेचेर कमाएको पैसा सिरानिमा राखेर पसलमा सुतिरहेको अवस्थामा ४ जनाको समुहमा आएका युवाहरुले हेर्दाहेदै तानेर लगेको र आफुले केहि गर्न नसकेको जप्रेलले बताउनुभयो ।

मिठाइ व्यापार गरेर छोराछोरी पढाइ रहेकोमा कोरोना माहामारीले व्यापार नै ठप्प भएकोमा उहाँले यो पटक मात्रै मिठाइ व्यापार गर्नु भएको हो । आफ्को पसिना बगाएर कमाएको पैसा लुटपाट पछि उहाँ शोकमग्न हुनुभएको छ ।

यता दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले घटनाको बारेमा बुझ्दै आज पिडित महिलालाई भेटेर गाउँपालिकाको तर्फबाट गर्न सकिने सहयोग गर्न प्रतिवद्ध रहेको प्रष्ट पार्नुभएको छ । उहाँले पिडित महिलासँग घर जाने पैसा समेत नभएकाले तत्काल व्यवस्थापनको लागि १० हजार रुपैया सहयोग गर्नुभएको छ ।

पिडित महिलाले आजै लुटेराहरुको खोजि गरेर कारवार्हिको माग गर्दै इलाका प्रहरी कार्यलय विसौनामा निवेदन दिनुभएको छ । उक्त घटनाको विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...