नेभिगेशन
खेल

फर्जी खेलाडी खेलाएको भन्दै वित्थडचिर र सुर्मा गाउँपालिकाबीचको खेल रद्द

बझाङमा भइरहेको १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आज पनि विभिन्न खेलहरु सम्पन्न भएका छन् । आज भएको छात्रा क्वाटर फाइनल भलिबल तर्फ पहिलो खेलमा वित्थडचिरले र मष्टालाई, दोस्रो खेलमा छबिसपाथिभेराले केदारस्युँलाई, तेस्रो खेलमा सुर्माले दुर्गाथलीलाई, चौथौं खेलमा जयपृथ्वी नगरपालिकाले बुंगल नगरपालिकालाई पराजित गरेका छन् ।

यससँगै छात्राहरुको भलिबल तर्फ पनि वित्थडचिर, छबिसपाथिभेरा, सुर्मा गाउँपालिका र जयपृथ्वी नगरपालिका सेमी फाइनल प्रवेश गरेका छन् । यस्तै छात्रा तर्फ वित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले केही फर्जी खेलाडी खेलाएको भन्दै मष्टाले निवेदन दिएपछि वित्थडचिर र सुर्मा गाउँपालिकाबीचको आजको छात्रा तर्फको सेमी फाइनल खेल रद्द भएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

वित्थडचिर गाउँपालिकाको एउटै खेलाडीले २ ठाउँमा भाग लिएको भन्दै मष्टाले निवेदन पेश गरेको हो । मष्टाले वित्थडचिरसँग  पराजय भोगेपछि मात्रै निवेदन पेश गरेको हुँदा विवाद निम्त्याउन खोजेको र समय अभावका कारण आजको खेल रद्द भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

छात्र तर्फ भने अब फाइनलका खेलहरु हुन बाँकी छ ।  छात्र भलिबल तर्फ वित्थडचिर र केदारस्युँ गाउँपालिका प्रथम र द्धितियका लागि खेल्ने छन् भने तल्कोट र छबिसपाथिभेरा तृतिय स्थानका लागि खेल्ने छन् । यस्तै एथ्लेटिक्स तर्फ खेलहरुको नतिजा भने प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप खेल
नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

 नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ।
क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।