नेभिगेशन
खेल

साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

बङ्लादेशमा हिजोदेखि सुरु भएकाे साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित भएको छ । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली बङ्लादेशसँग ३–१ गोलले पराजित भएको हो ।

ढाकाको मुस्तफा कमल मैदानमा भएको खेलमा घरेलु टोलीका लागि मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले गोल गरे । नेपालका लागि मनमाया दमाईले एक गोल गरिन्। च्याम्पियनसिपको उद्घाटन खेलमा भारतले भुटानलाई १२–० गोलले हरायो ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक बङ्लादेश,  भारत र भुटान सहभागी छन् । आफ्नो दोस्रो खेलमा नेपालले आइतवार भुटानसँग, मङ्गलवार भारतसँग खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले उपाधिका लागि बिहीवार खेल्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप खेल
नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

 नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ।
क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।