नेभिगेशन
समाज चित्र

भूकम्प आउने गलत हल्लाले हुम्ला, मुगु र बाजुराका स्थानीय रातभर घरबाहिर

भूकम्प आउने गलत हल्ला फैलिएपछि हुम्ला, मुगु र बाजुराका केही स्थानीयहरु रातभर घरबाहिर बसेका छन् ।   

केही दिन पहिले गएको भूकम्पबारे अनुमान लगाउँदै केही स्थानीयले भ्रम फैलाएपछि चिसोमा घरबाहिरै रात बिताएका हुन् । केही स्थानीय आगो बालेर बाहिरै बसेका छन् ।

नागरिकलाई चिसोमा रातभर घर बाहिर बसाउने गलत काम गर्ने व्यक्तिलाई कारबाहीका लागि खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय हुम्ला र मुगुले जनाएको छ ।

त्यस्ता, मित्था हल्ला फैलाउनेलाई कारबाहीका लागि सहजीकरण गर्न प्रशासनले अनुरोध गरेको छ । गत माघ १० गते बाजुरालाई केन्द्रविन्दु बनाएर ५.९  म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।