नेभिगेशन
सुदूरपश्चिम

थलारा गाउँपालिका स्तरीय वार्षिक परिक्षा वैशाख २२  देखि सञ्चालन हुने 

बझाङ : शैक्षिकसत्र २०७७/ ०७८ को थलारा गाउँपालिका स्तरीय वार्षिक परिक्षा वैशाख २२ गतेदेखि सञ्चालन हुने भएको छ । चैत ३१ गते बसेको थलारा गाउँपालिका स्तरिय प्रधानाध्यापकहरूको बैठकले वैशाख २२ गतेदेखि ३१ गतेसम्म कक्षा १ देखि ९ सम्मको गाउँपालिका स्तरिय वार्षिक परिक्षा गर्ने निर्णय गरेको हो । 

प्रधानाध्यापकहरूको बैठकले परिक्षा समिति पनि गठन गरेको बताइएको छ । परिक्षाका लागि विभिन्न विद्यालयका विज्ञ तथा शिक्षकहरूद्वारा प्रश्नपत्रको मास्टर कपी तयार पार्ने कार्य भइरहेको थलारा गाउँपालिका शिक्षा संयोजक हर्कबहादुर रोकायाले बताउनुभयो । 

विश्व व्यापीरुपमा फैलिएको कोरोना महामारीलाई मध्यनजरगरि स्वास्थ्य मापदण्ड अपनाई परिक्षा संचालन गरिने परिक्षा सम्बन्धित विद्यालयमै हुने पनि  संयोजक रोकायाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...