नेभिगेशन
सुदूरपश्चिम

बझाङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु, मृतक संख्या ११ जना पुग्यो

बझाङ : बझाङमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका-१० का ४४ वर्षीय पुरुष रहेका छन् ।

विगत एक हप्तादेखि विरामी उनी चैनपुरमै भएर पनि मेडिकलबाटै उपचार गराइरहेको र अन्तिम अवस्थामा मात्रै शुक्रबार बिहान ६ बजे अस्पताल जाँदा ज्यान गुमाउनु परेको जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ति डाक्टर मिलन खड्काले बताउनुभयो । 

उहाँका अनुसार ती व्यक्तिमा कुनै रोग नरहेको र कोरोनाकै कारण मृत्यु भएको हो । योसँगै बझाङमा दोस्रो लहर सुरु भए यता मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ जना पुगेको छ । 

यसअघि बुधबार राति १२:१५ बजे जनपा-८ एक ७२ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ । 

अहिले कोरोना र भाइरल ज्वरो छुट्याउन नसकिने हुँदा लक्षण देखापर्नासाथ अस्पतालले सबैमा अनुरोध गरेको छ ।

हाल बझाङका विभिन्न गाउँमा विरामीहरु भए पनि उनीहरु सामाजिक बहिस्कार हुने डर र सामान्य रुघाखोकी ठानेर अस्पतालसम्म नआउने गरेको डाक्टर खड्काले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...