नेभिगेशन
सुदूरपश्चिम

मानसिक स्वास्थ्य मोडुल एक सम्बन्धि छ दिने तालिम सम्पन्न

मानसिक स्वास्थ्य मोडुल १ र महिला हिंसा परामर्ष सेवा सम्बन्धि ६ दिने तालिम आज झोतामा सम्पन्न भएको छ । दलित सहयोग समाजको आयोजना तथा युएमएनको आर्थिक सहयोगमा परियोजनाका समाजिक सहजकर्ताहरुका लागि आयोजना गरिएको उक्त तालिम आज एक कार्यक्रमकावीच समापन गरिएको हो ।

समुदायमा रहेका मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई समुदायमा नै गएर परामर्श सेवा दिने, स्वास्थ्य चौकीबाट परामर्श सेवा दिई उनीहरुको स्वास्थ्यमा सुधार ल्याउने र गम्भिर मानसिक समस्या हुनबाट रोक्नका लागी कसरी काम गर्न सकिन्छ भन्ने उदेश्यले उक्त ६ दिने तालिमको आयोजना गरिएको दलित सहयोग समाजद्धारा संञ्चालित मानसिक स्वास्थ्य परियोजना संयोजक विष्ना बमले जानकारी दिनुभयो । तालिममा थलारा गाउँपालिका र बु‌गल नगरपालिकाका सामाजिक परिचालक र दुबै पालिकाका स्वास्थ्य चाैकीका अनमीहरु गरी ३५ जनाकाे सहभागिता रहेको थियो ।

६ दिने तालिममा बरिष्ठ मनोविद् बिनोद पौडेल र रेनशा घिमिरेले प्रशिक्षण गराउनुभएको थियो । दलित सहयोग समाज अनर्तगत संञ्चालन भइरहेको समान व्यवहार परियोजनाले जिल्लाको थलारा गाउँपालिका बु‌गल नगरपालिकामा काम गरिरहेको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया समुदायमा मानसिक समस्या भएका व्यक्तिहरु थुप्रै भएको तिनीहरुको समस्या पहिचान तथा समास्या समाधानका लागी परियोजनाले सकारात्मक भुमिका खेलेको बताउनुभयो ।

गाउँमा विभिन्न समस्या कारण सबैभन्दा बढी महिलाहरुमा मानसिक समस्या बढी देखिने गरेका कारण आगामी दिनमा पनि थप कार्यक्रमका साथ परियोजनाले काम गर्न आवश्यक रहेको उपाध्यक्ष खातीले बताउनुभयो । दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश राेकाया प्रमुख अतिथी, उपाध्यक्ष राम खाती र युएमएनका टिम लिडर मोहनचन्द भण्डारी विशिष्ट अतिथी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।